अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम « Khabarhub

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ । स्थानीय समयअनुसार बिहीबार अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी डीएचएसले डीभी कार्यक्रम स्थगित गर्ने घोषणा गरेको हो ।

हालै भएका गोलीकाण्डमा संलग्नहरु यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि यस्तो कदम चालिएको डीएचएस प्रमुख क्रिस्टी नोमले बताएकी छिन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा तत्कालै लागू हुनेगरी डीभी कार्यक्रम स्थगित गरिएको उनले घोषणा गरेकी छिन् ।

हालै अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न व्यक्ति डीभी परेर अमेरिका प्रवेश गरेको खुल्न आएको छ ।

घटनामा दुई जनाको ज्यान गएको थियो भने नौ जना घाइते भएका थिए । उक्त आक्रमणको अभियुक्त सन् २०१७ मा यही कार्यक्रममार्फत् अमेरिका प्रवेश गरेको जनाइएको छ ।

डीभी कार्यक्रममार्फत् अमेरिकाले हरेक वर्ष ५० हजा जनालाई अमेरिका प्रवेश गर्ने बाटो खोल्छ । अमेरिकामा कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई यस कार्यक्रममार्फत् भिजा दिने गरिन्छ ।

डीभी कार्यक्रम बन्द गर्ने घोषणाको विरुद्धमा अदालतमा रिट पर्ने सम्भावना रहेको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ५८ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक