सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान « Khabarhub

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्डका अध्यक्ष अर्जुन हेराथले पत्रकारहरूलाई बताएका छन् । 

अध्यक्ष हेराथले सन् २०२५ मा एफडीआई एक अर्ब डलर नाघेको पुष्टि गरेका छन् । 

आर्थिक र नीतिगत अनिश्चितताले ग्रस्त अवधि पछि श्रीलङ्काको औद्योगिक आधारलाई बलियो बनाउन, रोजगारी सिर्जना गर्न र लगानीकर्ताहरूको विश्वास पुन र्निर्माण गर्न सरकारले उत्पादन लगानीलाई महत्वपूर्ण ठानेको हेराथले बताएका छन्  । 
 
हेराथले श्रीलङ्काको व्यापार क्षेत्रको हालैको सुधारलाई चक्रवात दितवाहबाट विदेशी लगानी आकर्षित गर्ने देशको सकारात्मक दृष्टिकोणको कारणको रूपमा उद्धृत गर्दै हालैको प्रतिकूल मौसममा परिचालन अवरोधको अनुभव गर्ने ९० प्रतिशत भन्दा बढी कम्पनीहरूले अब सामान्य व्यापार सञ्चालन पुन: सुरु गरेको उल्लेख गरेका छन् । रासस

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली