मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह « Khabarhub

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गरेका छन् । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उनले मानसिक स्वास्थ्यबारे नजिकका मान्छेसँग खुलेर कुरा गर्न आग्रह गरे ।

उनले भने, “मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, सबैभन्दा ठूलो औषधी मनको कुरा अरुसँग साझा गर्नु हो । मानसिक स्वास्थ्यबारे आजैबाट बहस र चर्चा गरौँ । रोकथाम तथा उपचारको पाटोमा कुरा गरौँ जसले गर्दा मानसिक स्वास्थ्य समस्यालाई सामाना गर्न सहज हुन्छ ।”

पछिल्लो समय मानसिक स्वास्थ्य समस्या विशेषगरी कोभिड र जेनजी आन्दोलन पछाडि अझ सरोकारको विषय बनिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको मानसिक स्वास्थ्य सचेतना अभियानमा सबैजना एकीकृत भएर लाग्न आग्रह गरे । “मानसिक स्वास्थ्य सबैका लागि महत्वपूर्ण सरोकारको विषय बनिरहेको छ । नेपालको ठूलो जनसङ्ख्या आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित हुन सक्ने अवस्था छ । त्यसैले मानसिक स्वास्थ्यलाई अत्यन्त महत्वका साथ र हेर्न जरुरी छ”, उनले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर २४ देखि फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन–मनको कुरा गरौँ भन्ने नारासहित मानसिक स्वस्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सबै नागरिकको पहुँचमा यो सेवा पुर्‍याउनु र खुला संवादको संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : १७ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित