रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित « Khabarhub

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो सफलता प्राप्त गर्दै विश्वव्यापी रूपमा ६०५–६५० करोड रुपैयाँको कमाइ गर्न सफल भएको थियो । निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गरेको यो फिल्म कलिउडको सबैभन्दा सफल फिल्महरूमध्ये एक बनेको छ ।

पहिलो भागको  सफलतापछि, निर्माताहरूले अब जेलर २ निर्माण गर्ने घोषणा गरेका छन् । भारतीय मिडिया पिङ्कभिलाका अनुसार,  बलिउड अभिनेत्री विद्या बालनले सिक्वेलको कास्टमा आधिकारिक रूपमा सामेल भई स्क्रिप्टबाट प्रभावित भएको बताएकी छिन् ।

यस फिल्ममा अभिनेत्री विद्याको पात्रा महत्त्वपूर्ण र बहुआयामिक भूमिकाले कथामा  ट्विस्ट ल्याउने अनुमान गरेको छ ।

निर्माताहरूले बिदाको सप्ताहन्तको फाइदा उठाउँदै ठूलो पर्दामा प्रदर्शन गर्ने योजना बनाएका छन् र सम्भावित  १४ अगस्ट २०२६ का लागि रिलिज मिति तय गरिएको छ । यस अघिको भाग पनि अगस्टमै  रिलिज भएको थियो ।

बलियो कास्ट, नयाँ पात्र र रोचक कथासहित, दुनियाँभरका दर्शकहरू जेलर २ को प्रतीक्षामा छन् । फिल्मले के कस्तो प्रदर्शन गर्छ भन्ने कुरा चलचित्र प्रेमीहरूको लागि ठूलो उत्साहको विषय बन्ने निश्चित छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : १६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५