नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल « Khabarhub

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताएका छन् ।

नेपाल–भारत उद्योग वाणिज्य सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आज साँझ यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल भारतबीच ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्ध रहेको बताए । “नेपालको आयात र निर्यातको ठूलो बजार भारत हो, नेपालको अर्थतन्त्रमा भारतको ठूलो योगदान रहेको छ”, उनले भने ।

अर्थमन्त्री खनालले नेपाल र भारतबीचको अर्थतन्त्रलाई मजबुद बनाउन नेपाल–भारत उद्योग वाणिज्य सङ्घले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले भारत नेपालको प्रमुख व्यापार साझेदार छिमेकी मुलुक भएको बताउँदै भारतसँग नेपालले ऊर्जा, पूर्वाधारलगायतको क्षेत्रमा साझेदार गर्दै आएको बताए ।

नेपाल भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिल केसीले सङ्घले विगत तीन दशकदेखि नेपाल र भारतबीच व्यापार, व्यवसाय र लगानी अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको बताए । कार्यक्रममा उद्योग व्यापारमार्फत राम्रो कर तिर्ने सङ्घअन्तर्गतका कम्पनीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयबारे अन्तरक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १० : ०४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल