विश्वविद्यालयको पुस्तकालयमा रंगभेदी शब्द पोतिएपछि अमेरिकी कंग्रेसम्यान कृष्णमूर्ती चिन्तित « Khabarhub

विश्वविद्यालयको पुस्तकालयमा रंगभेदी शब्द पोतिएपछि अमेरिकी कंग्रेसम्यान कृष्णमूर्ती चिन्तित


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यूयोर्क विश्वविद्यालयको पुस्तकालयभित्र यहूदीविरोधी, भारतविरोधी र रंगभेदी शब्द पोतिएपछि अमेरिकी कंग्रेसम्यान राजा कृष्णमूर्तीले निन्दा गरेका छन् । अमेरिकी कंग्रेसमा डेमोक्र्याटिक पार्टीका तर्फबाट इलेनोई राज्यको प्रतिनिधित्व गर्ने भारतीय मूलका प्रतिनिधि कृष्णमूर्तीले यस घटनाको निन्दा गरेका हुन् ।

विश्वविद्यालयको बर्न डिब्नर पुस्तकालयभित्र स्वस्तिक चिन्ह र रंगभेदी शब्द पोतिएको घटना सार्वजनिक भएपछि सरोकारवाला र अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । स्वस्तिकलाई पश्चिमा विश्वमा यहूदीविरोधी चिन्ह मानिन्छ ।

कृष्णमूर्तीले विज्ञप्ति जारी गर्दै यस घटनालाई ‘चिन्ताजनक र पूर्ण रुपमा अस्वीकार्य’ भनेका छन् । उनले कुनै पनि विश्वविद्यालय क्याम्पस र समाजमा रंगभेदी गतिविधिलाई ठाउँ दिन नहुने उल्लेख गरेका छन् ।

उनले घटनाको अनुसन्धान गर्न पनि आह्वान गरेका छन् । घटनाबारे विश्वविद्यालय प्रशासनले कुनै टिप्पणी नगरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ०९ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा