विश्वविद्यालयको पुस्तकालयमा रंगभेदी शब्द पोतिएपछि अमेरिकी कंग्रेसम्यान कृष्णमूर्ती चिन्तित « Khabarhub

विश्वविद्यालयको पुस्तकालयमा रंगभेदी शब्द पोतिएपछि अमेरिकी कंग्रेसम्यान कृष्णमूर्ती चिन्तित


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यूयोर्क विश्वविद्यालयको पुस्तकालयभित्र यहूदीविरोधी, भारतविरोधी र रंगभेदी शब्द पोतिएपछि अमेरिकी कंग्रेसम्यान राजा कृष्णमूर्तीले निन्दा गरेका छन् । अमेरिकी कंग्रेसमा डेमोक्र्याटिक पार्टीका तर्फबाट इलेनोई राज्यको प्रतिनिधित्व गर्ने भारतीय मूलका प्रतिनिधि कृष्णमूर्तीले यस घटनाको निन्दा गरेका हुन् ।

विश्वविद्यालयको बर्न डिब्नर पुस्तकालयभित्र स्वस्तिक चिन्ह र रंगभेदी शब्द पोतिएको घटना सार्वजनिक भएपछि सरोकारवाला र अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । स्वस्तिकलाई पश्चिमा विश्वमा यहूदीविरोधी चिन्ह मानिन्छ ।

कृष्णमूर्तीले विज्ञप्ति जारी गर्दै यस घटनालाई ‘चिन्ताजनक र पूर्ण रुपमा अस्वीकार्य’ भनेका छन् । उनले कुनै पनि विश्वविद्यालय क्याम्पस र समाजमा रंगभेदी गतिविधिलाई ठाउँ दिन नहुने उल्लेख गरेका छन् ।

उनले घटनाको अनुसन्धान गर्न पनि आह्वान गरेका छन् । घटनाबारे विश्वविद्यालय प्रशासनले कुनै टिप्पणी नगरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ०९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड