फरेस्टको तनावग्रस्त जित | Khabarhub Khabarhub

फरेस्टको तनावग्रस्त जित


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिप अन्तर्गत आइतबार राति भएको खेलमा साउथहम्टनविरुद्ध नटिङघम फरेस्टले संघर्षपूर्ण जित निकालेको छ।

खेलको ४१ मिनेटमा नै फरेस्टले ३-० को अग्रता लिइसकेको थियो। त्यसपछि साउथहम्टनले दुई गोल गरेको हो। ६० औँ मिनेटमा जन बडनारेकको गोलमा साउथहाम्टन खेलमा फर्किएको थियो।

१२ मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटमा नै पाउल ओनारचुले गोल गरेका थिए। सो गोलपछि फरेस्ट दबाबमा परेको थियो।

११ औँ मिनेटमा एलियट एन्डरसनको गोलमा फरेस्टले पहिलो अग्रता लिएको हो। २८ औँ मिनेटमा कालुम हडसनले अर्को गोल गरे। क्रिउ उडले फरेस्टका लागि अर्को गोल गरे। सो गोल उनको सिजनको १४ औँ गोल हो।

तालिकाको पुछारमा रहेको साउथहम्टनको अस्वाभाविक कम ब्याकलाई पार गर्दै ३–२ जित हात पारेको नटिङघम फरेस्ट इङ्लिस प्रिमियरसिप अङ्क तालिकाको तेस्रो स्थानमा यथावतै छ।

दोस्रो स्थानमा रहेको आर्सनल र नटिङघमको समान ४४ अङ्क भए पनि गोल अन्तरको आधारमा आर्सनल अघि रहेको छ। शीर्ष स्थानमा रहेको लिभरपुलको ५० अङ्क छ।

इतबार भएका अन्य खेलमा ब्रिङटनले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले तथा एभरटनले टोटनहामलाई ३–२ ले हराए।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ४५ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क