राजस्व कार्यालयबाट बक्यौता असुलीमा कडाइ « Khabarhub

राजस्व कार्यालयबाट बक्यौता असुलीमा कडाइ


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनाको अवधिमा तीन अर्ब १९ करोड ६ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत सङ्कलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१–८२ को ६ महिनाको अवधिमा तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको छ ।

गत साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तशुल्क तर्फ एक अर्ब ८३ कारेड ९३ लाख १८, आयकरतर्फ ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ ९२ लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।

यो अघिल्लो आर्थिक वर्ष २०८०–८१ को सो अवधिको तुलनामा २८ करोड भन्दा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०–८१ को सो अवधिमा चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रमुख सुवेदीका अनुसार चालु आव २०८–८२ मा आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्यअभिवृद्धि तर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्ड तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइ जस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ४१ बजे

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका