शपथपछि के निर्णय गर्न सक्छन् ट्रम्पले पहिलो दिन ? « Khabarhub

शपथपछि के निर्णय गर्न सक्छन् ट्रम्पले पहिलो दिन ?


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा कार्यभार सम्हाल्ने बित्तिकै करिब दुई सय कार्यकारी निर्णय गर्ने रिपोर्ट सार्वजनिक भएको छ।

४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्ने उनले त्यसको केही घण्टामा नै ती निर्णय गरिसक्ने जनाइएको छ। उनले आप्रवासी, जलवायु परिवर्तन र वैदेशिक नीतिको सवालमा महत्त्वपूर्ण निर्णय गर्नेछन्।

ट्रम्पले राष्ट्रिय सीमा सङ्कटकाल लगाउने तथा सेनाको सहयोग लिन सक्ने समेत जनाइएको छ। उनले इतिहासमा नै सबै भन्दा धेरै आप्रवासी डिपोट गराउने घोषणा गरेका छन्। तथापि यसमा धेरै कानुनी अड्चन आउने अनुमान गरिएको छ।

रिमेन इन मेक्सिको नीति उनले फेरि लागु गर्न सक्ने छन्। सो अन्तरगत मेक्सिकोको सीमामा नै ती सबै रोकिन सक्ने छन्।
१५० वर्ष पुरानो बर्थ राइट सिटिजनसिप पनि अन्त्यको घोषणा हुने अनुमान गरिएको छ। टिकटक माथिको प्रतिबन्ध तथा समलिङ्गी महिलालाई खेलकुदमा प्रतिबन्ध लगायत निर्णय पनि हुन सक्नेछन्। ‘मेक्सिको सिटी पोलिसी’ फेरि लागु हुनसक्ने छ। यस अन्तरत गर्भपतनका लागि सल्लाह दिनका लागि आर्थिक सहयोग रोकिने छ।

डाइभर्सिटी, इक्वेलिटी एन्ड इन्क्लुजन कार्यक्रममा लागि गरिने खर्चमा कटौतीको निर्णय हुनसक्ने छ।

डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने घोषणा गरेका छन्। तर उनले यसका लागि के गर्ने भन्ने यकिन छैन। क्युबा र भेनेजुएलाप्रति उनी बाइडेन कालमा भन्दा कठोर हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १० : ०८ बजे

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको