नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री « Khabarhub

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितको पक्षमा रहेको बताएका छन् । 

नेकपा एमालेको परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने बताए । 

‘हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिरहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छौँ । संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा कोही शत्रु छैनन्, सबै हाम्रा मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छौँ । भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ ।’ 

राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई नेपालले सन्तुलित रूपमा सामना गर्न सक्ने प्रधानमन्त्रीको भनाइ थियो । छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्ण रूपमा आफ्ना जायज कुरा राख्नुपर्ने उनको भनाइ थियो । 

‘जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी संवाद गर्नुपर्छ,’ ओलीले भने, ‘त्यसरी कुरा गर्दा अर्को पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ ।’

प्रधानमन्त्रीले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हीनता भाव पाल्नु पर्ने आवश्यकता नरहेको पनि बताए । 

राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुरालाई महत्त्व दिने प्रवृत्ति गलत भएको जिकिर गर्दै ओलीले नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्ने बताए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ४० बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक