चिकित्सकको बलात्कारपछि हत्या : दोषी ठहर रोयलाई आजीवन कारावास « Khabarhub

चिकित्सकको बलात्कारपछि हत्या : दोषी ठहर रोयलाई आजीवन कारावास


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

कलकत्ता– एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ ।

कलकत्तास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजीवन कारावासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् । 

भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । सन् २०२४ अगस्ट ९ मा कलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।

पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोध प्रदर्शनमा सामेल भएका थिए ।

प्रतिवादी सञ्जय रोयको मुद्दा द्रुत गतिमा सुनुवाइ अघि बढाइएको थियो र यस मुद्दामा एक हप्ता अघि मात्र बहस सकिएको थियो । अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका थिए । 

सुनुवाईका क्रममा रोयले लगातार आफू निर्दोष रहेको र आफूलाई फसाइएको दावी गरेका थिए ।

भारतमा एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो र राज्यभरिका चिकित्सकहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालहरूमा कडा सुरक्षा उपायहरूको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो । 

सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ४ : ३९ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा