आर्थिक कूटनीतिले प्राथमिकता पाउने : राजदूत नेपाल « Khabarhub

आर्थिक कूटनीतिले प्राथमिकता पाउने : राजदूत नेपाल


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै नेपाल र नेपालीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्पेन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसंग सङ्क्षिप्त कुराकानीमा नवनियुक्त युवा राजदूत नेपालले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, रोजगारीलगायतका क्षेत्रमा लगानीको वातावरण सिर्जना गरी मुलुकको अर्थतन्त्र सुधारका पक्षमा योजनाबद्ध ढङ्गबाट काम गर्ने स्पष्ट गरे ।

उनले भने, ‘कूटनीतिक क्षेत्र तथा दातृ नियकासम्बद्ध स्वदेशी तथा विदेशी सङ्घसंस्थासँगको सहकार्यसहित वित्तीय व्यवस्थापन, नीति तथा योजना तर्जुमालगायतका क्षेत्रमा काम गरेको लामो अनुभवसहित प्राप्त ज्ञान र जनसम्पर्कको अधिकतम सदुपयोग गरी परिणाम देखिने गरी देश र जनताका पक्षमा काम गर्नेछु । प्राप्त जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते स्पेनका लागि उनलाई राजदूत पदमा नियुक्त गर्नुभएको थियो । राजदूत नियुक्ति प्रक्रियाअन्तर्गत नेपाल सरकारबाट गत साउनमा स्पेनका लागि सिफारिस भएका नेपालले भदौमा संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेका थिए। सरकारले हाल नेपाली दूतावास नभएकाले युरोपेली मुलुक माल्टाका लागि समेत राजदूतको जिम्मेवारी तोकेको उनले जानकारी दिए । 

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पोचुगलमा नेपाली दूतावास स्थापना गरी उनलाई राजदूत पदमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ६ : ०६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,