दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-७ मार्बु अन्तर्गत पर्ने ग्रामीण सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ।
गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाले अन्य वडाको जस्तै गरी वडा नम्बर-७ का ग्रामीण सडक निर्माणलाई पनि प्राथमिकता दिएर विकास गरिरहेको सोमबार निर्माणाधीन सडक अनुगमन गर्ने मार्बु पुगेका गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।
लामाका अनुसार वैतेश्वर गाउँपालिकाले गत वर्ष र यस आर्थिक वर्षमा वडा नम्बर-७ मार्बुमा करिब १६ सय मिटर ढलान भएको बताए ।
गत वर्ष गाउँपालिकाले विनियोजन गरेको बजेटले च्यानडाँडा- छाप सडकमा सात सय ५२ मिटर सडक ढलान गरिएको बताए । त्यसै गरी गत वर्षनै सोही वडाको ठोट्नेरी सडकमा पनि एक सय ४४ मिटर सडक ढलान भएको उनले बताए ।
गाउँपालिकाले चालु वर्ष पनि वडा नम्बर-७ को नाम्दु-मार्बु सडक खण्डकै कान्लेमा उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर सडक ढलान सम्पन्न भएको सडक अनुगमनको क्रममा बताए ।
त्यसै गरी अन्य विभिन्न निकाय मार्फत नाम्दु, मार्बु, क्षेत्रपा सडक खण्डमा ठेक्का मार्फत सडक विभाग अन्तर्गतको बजेटबाट एक सय ६० मिटर ढलान हुने तथा स्थानीय विकास पूर्वाधार अन्तर्गत ४ सय मिटर सडक ढलान हुने समेत अध्यक्ष लामाले जानकारी दिए ।
अध्यक्ष लामाले सडक अनुगमनकै क्रममा अन्य सडकलाई जस्तै गरी नाम्दु-मार्बु सडकलाई पनि प्राथमिकता दिएर आफ्नो बाकी कार्यकाल भित्र वडा कार्यालयसम्मै पक्की सडक निर्माण गरेर पुर्याउने समेत बताए ।
ढलान सुरु गरिएका सडकलाई आगामी वर्ष पनि निरन्तरता दिन पालिकाबाट बजेट विनियोजन गरेर मुख्य सडकको स्तरोन्नति गर्ने लामाले बताए । -सुबास बस्नेत
प्रतिक्रिया