धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्छ : मन्त्री भण्डारी « Khabarhub

धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्छ : मन्त्री भण्डारी


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

पूर्वी नवलपरासीको हुप्सेकोट स्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा आज काठमाडौँमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा बोल्दै उनले उक्त उद्योग छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । 

धौवादी फलाम खानीको उत्खनन्, प्रशोधन तथा प्रयोग वर्तमान सरकारको चासो र प्राथमिकताको विषय भएको उनको भनाइ छ । उक्त फलाम उद्योग सञ्चालनको विषय तेस्रो लगानी सम्मेलनका बेला प्राथमिकताका साथ उठेकामा हाल यसबारे भइरहेका छलफलले उपयुक्त निर्णय गरी फलाम उद्योग सञ्चालन गर्नुपर्ने मन्त्री भण्डारीले बताए। 

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उक्त खानी उद्योग सञ्चालन हुँदा व्यापार घाटा घट्नुका साथै अन्तर्राष्ट्रिय बजारमा फलाम निर्यात गरी आर्थिक विकास गर्न सकिने बताए। करिब ५२ अर्ब बढी लागतमा निर्माण हुने उक्त फलाम उद्योग सञ्चालन गर्न ५५ प्रतिशत सरकारी र ४५ प्रतिशत निजी क्षेत्रको लगानी रहने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिए ।

अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले फलाम उद्योग सरकारको नेतृत्व र निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्नुपर्ने सुझाव दिए । धौवादी फलाम उद्योग सञ्चालनका लागि सरकार र निजी क्षेत्रसँगै अघि बढ्नुपर्ने उनको भनाइ छ । 

कम्पनीका कार्यकारी निर्देशक डा जनकबहादुर चन्दले कम्पनीको लक्ष्य तथा उद्देश्यहरू समयमै हासिल गर्न कम्पनीका भावी कार्य योजनालाई छिटोछरितो सञ्चालन गर्नु जरुरी रहेको बताए।

विसं २०६८ सालमा हुप्सेकोट गाउँपालिका–५ को पोखरी, दुरुलङ्गा तथा धौवादी क्षेत्रमा फलाम खानी पत्ता लागेको थियो । उक्त खानीको धाउ क्षेत्र करिब ४१ वर्ग किलोमिटरमा फैलिएको छ । उक्त खानीबाट २०८५ सालदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य छ । 

खानी सञ्चालन भएमा करिब दुई हजार पाँच सयले प्रत्यक्ष र अप्रत्यक्ष २५ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बताइएको छ । उक्त खानीबाट दैनिक एक हजार पाँच सय टन फलाम उत्पादन हुने बताइएको छ । 

सरकारले विसं २०७६ मा धौवादी फलाम खानी लिमिटेड गठन गरेको थियो । खानी पूर्ण क्षमतामा सञ्चालन हुँदा नेपालले हाल आयात गरिरहेको फलाम तथा फलामजन्य सामग्रीको २५ प्रतिशतभन्दा बढी माग पूरा हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ५३ बजे

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम