ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माणका लागि शिलान्यास « Khabarhub

ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माणका लागि शिलान्यास


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पशुपति क्षेत्रमा रहेको काठमाडौं महानगरपालिका–८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको ब्रह्मा मन्दिर पुनःनिर्माण हुने भएको छ । उक्त मन्दिर पुनःनिर्माणका लागि आज शिलान्यास गरिएको छ ।

छैटौँदेखि सातौँ शताब्दीको उक्त मन्दिरको आज विधिपूर्वक पूजा अर्चनासहित शिलान्यास गरिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगत र महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

“काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले निर्माण गर्न लागेको ब्रह्मा मन्दिरको लागत करिब रु एक करोड १४ लाख ६८ हजार दुई सय ६९ रहेको छ,” सम्पदा तथा पर्यटन विभाग प्रमुख एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगतले भने ।

ब्रह्मा मन्दिर २०८२ साल साउन २६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । माटो इँटा र काठको प्रयोगबाट मन्दिर दुई तल्लाको प्यागोडा शैलीमा निर्माण हुने र शिरमा गजुर राखिने जनाइएको छ ।

एक सय वर्षभन्दा अगाडिदेखि भग्नावशेषका रूपमा रहेको यो मन्दिरको २०७९ साल माघमा पुनः निर्माणका लागि क्षमा पुजा गरिएको थियो । तत्कालीन अवस्थामा पुरातत्व विभागबाट पास भएको नक्सामा शिलान्यास गरिएको थियो । मन्दिरको जग खोज्दै जाँदा जग ठुलो भएकाले पुनः पुरातत्वविद् एवं इञ्जिनियरसँग छलफल गरेर यसको शैलीमा परिवर्तन गरिएको हो । हाल भग्नावशेष रहेको आधारमानै निर्माण गर्न लागिएको वडाअध्यक्ष संगतले बताए ।

टेन्डर प्रक्रियाद्वारा मन्दिर निर्माण गर्न लागिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन विभाग, कोष, पुरातत्व विभाग, वडा–८ सहितका निकायको समन्वयमा पुनःनिर्माणको पहल गरिएको हो ।

ब्रह्मा भगवान्को मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी कार्यालयमा रहेको छ । मन्दिर निर्माणपछि त्यहीँ राख्ने तयारी छ । मिडिना कन्ट्रक्सन प्रालिले उक्त मन्दिर निर्माण गर्न लागेको हो । मन्दिरको ऐतिहासिकतालाई जोगाइ पुनःनिर्माण गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ५६ बजे

फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ

काठमाडौं – सौरभ चौधरीको निर्देशनमा बन्ने र बिग बजेट भनेर

मदनकृष्णको बायोपिकमा वर्षाको प्रवेश, हरिवंशको श्रीमतीको भूमिका निर्वाह गर्ने

काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा नायिका

लाल सागरमा हुथी आक्रमण : यमनी मालवाहक जहाजमा ६ जनाको मृत्यु

काठमाडौं – लाल सागरको बाब अल–मन्डेब जलडमरूमध्यमा हुथी विद्रोहीहरूले मालवाहक

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

चितवन– चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा