आँखा शिविरबाट पाँच सय जना लाभान्वित « Khabarhub

आँखा शिविरबाट पाँच सय जना लाभान्वित


८ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– १० मा  बुधबार सञ्चालन भएको आँखा शिविरबाट पाँच सय १४ जना लाभान्वित भएका छन् ।

गेटा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा निःशुल्क नेत्र परीक्षण, परामर्श दिनुका साथै औषधि वितरण पनि गरिएको अस्पतालका नेत्र चिकित्सक नरेन्द्र विष्टले बताए ।

उनले मोतिबिन्दु भएका ९५ जना बिरामीको निःशुल्क रुपमा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जानकारी दिँदै अस्पताल ल्याउने लैजाने व्यवस्था पनि निःशुल्क रुपमा गरिने बताए ।

कमजोर दृष्टि भएका बिरामीलाई न्यूनतम शुल्क लिएर चस्मा पनि वितरण गरिएको थियो । शिविरमा नेत्र परीक्षण गराउने मध्येमा ७५ प्रतिशत महिला थिए । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : ५५ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी