वनै खायो डढेलोले… (तस्बिरहरू) « Khabarhub

वनै खायो डढेलोले… (तस्बिरहरू)


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिउँदै वर्षात् हुन नसक्दा देशभरका जंगलमा डढेलेको डर बढेको छ । मनाङ र सिन्धुपाल्चोकसहितका जिल्लाको विशाल जंगल डढेलो खाइसकेको छ ।

देशका अन्य भागमा पनि डढेलोको चपेटमा जंगल परिरहेका छन् । फागुन लागिसक्दा पनि हिउँदे वर्षात् नहुँदा बढेको सुख्खापनले डढेलको चिन्ता बढाएको हो ।

काठमाडौंकै नजिकको हात्तीवनमा पनि बुधबारदेखि डढेलो फैलियो । दक्षिणकाली नगरपालिका वडा नं. ४ स्थित हात्तीवन क्षेत्रमा बुधबार साँझबाट डढेलो सल्किएको छ।

उक्त डढेलो निभाउने प्रयासमा सुरक्षाकर्मी जुटेका छन् । हात्तीवनमा लागेको डढेलो नियन्त्रणको प्रयासमा इलाका प्रहरी कार्यालय फर्पिङको टोली र दक्षिणकाली नगरपालिकाका नगरप्रहरीहरू परिचालित भएका छन् । अहिले त्यहाँको ठूलो वनक्षेत्रमा डढेलो फैलिएको छ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १२ : २३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको