पाथीभरामा केबलकारको विरोध गर्दै राजेन्द्र महतोले सुरु गरे पदयात्रा « Khabarhub

पाथीभरामा केबलकारको विरोध गर्दै राजेन्द्र महतोले सुरु गरे पदयात्रा


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता(कार्यकर्ता, मुकुम्लुङ केबलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको नेता केशव झाले बताए ।

पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो । सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए । उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन। जबसम्म केबलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ,’ राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतोले भने ।

नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन् । स्थानीयवासीले पनि परियोजनाको विरोध जनाएका छन् । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : ०० बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ