दोलखामा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम  | Khabarhub Khabarhub

दोलखामा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम 


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दोलखा– वैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा रहेको जलदेवी माध्यमिक विद्यालयमा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

जनस्वास्थ्य कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको समन्वयमा विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीलाई सवारी दुर्घटना तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतना दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

 उनले केही महिना देखि दोलखाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित सडक यात्रा तथा सडक दुर्घटना न्यूनीकरण कक्षा चलाइरहेका छन्न ।

ट्राफिक प्रहरी भट्टराईले सवारी दुर्घटनाबाट कसरी बच्न सकिन्छ,दुर्घटना रोक्न अपनाउनु पर्ने ट्राफिक नियम लगायतका सन्दर्भमा विद्यालयमै पुगेर विद्यार्थीहरूलाई  ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको बताए ।

बिहीबार जनस्वास्थ्य कार्यालय दोलखासँग समन्वय गरेर जलदेवी माध्यमिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी तथा विद्यालयमा कार्यरत शिक्षकलाई बढ्दो सडक दुर्घटना तथा ट्राफिक नियम पालनाको सन्दर्भमा सचेत गराएको बताए ।

देशभर पछिल्ला दिनहरूमा दैनिक सवारी दुर्घटनाका घटना वृद्धि हुने गरेको र हरेक दिन दुर्घटनामा परेर अकालमा धेरैको ज्यान जाने गरेको भन्दै दुर्घटना रोक्न विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम लिएर विद्यालयमै ट्राफिक प्रहरी पुगेको ट्राफिक प्रहरी कार्यालय चरिकोटका इन्चार्ज भट्टराई बताउँछन् । 

उनले विद्यार्थीहरूलाई सवारी यात्रा गर्दा ध्यान दिनुपर्ने ट्राफिक नियमको पालना, नियम उलङ्घन गर्दा हुने दुर्घटना, तथा कारबाही, जेव्राक्रस गर्दा ध्यान दिनुपर्ने विषयमा सचेतना दिने गरेको बताए  ।

सचेतना कक्षामा विद्यार्थीहरूले विभिन्न जिज्ञासा र प्रश्नहरू सोधेको ट्राफिक प्रमुख भट्टराईले बताए ।

विद्यार्थीहरूलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गर्नुपर्ने, भिडभाडमा सवारी चलाउँदा ध्यान दिनुपर्ने सडक बत्ती, सडकपेटीमा हिँड्दा पैदल यात्रीले ध्यान दिनुपर्ने जस्ता चेतनामूलक विषयको प्रशिक्षण दिइएको र विद्यालयमा सिकेका कुराहरू परिवार र समुदायमा पनि सचेतना गराउन अनुरोध गरेको इन्चार्ज भट्टराईले बताए । 

विद्यालयमै सवारी दुर्घटना तथा ट्राफिक नियम पालना सम्बन्धी सचेतना कार्यक्रमले सवारी दुर्घटना रोक्न र नियमको पालना गर्न मद्धत पुग्ने विद्यालयका प्रधानाध्यापक गीताकृष्ण शर्माले बताए ।

दोलखामा पछिल्लो ६ महिनाको अवधिमा २० वटा सवारी दुर्घटना ७ जनाको मृत्यु 

ट्राफिक प्रहरी कार्यालय दोलखाको पछिल्लो ६ महिनाको तथ्यांकअनुसार दोलखामा साउन देखि माघसम्म २० वटा ठुला सवारी दुर्घटना भएको पाइएको छ ।

दुर्घटनामा तिन महिला र ४ पुरुष गरी ७ जनाको मृत्यु भएको छ भने,उक्त दुर्घटनामा ८ जना गम्भीर घाइते भएका थिए।घाइते केहीको अझै उपचार भइरहेको कार्यालयले जनाएको छ।

कार्यालयले साउन देखि माघसम्म ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार चार सय १४ वटा सवारीलाई कारबाही गरेको छ । 

सवारी कारबाहीबाट ६ महिनामा २३ लाख ५५ हजार राजस्व संकलन भएको समेत कार्यालयले जनाएको छ। -सुबास बस्नेत
 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : ५३ बजे

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

काठमाडौं – सरकारले श्रम-सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा

सोमबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय