कालीगण्डकी नदी संरक्षणका लागि पाँचबुँदे घोषणापत्र जारी « Khabarhub

कालीगण्डकी नदी संरक्षणका लागि पाँचबुँदे घोषणापत्र जारी


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रम रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा सम्पन्न गण्डकी सभ्यताको संरक्षणका निम्ति गण्डकी विमर्श सभाले कालीगण्डकी नदी संरक्षणका लागि पाँच बुँदे ‘गण्डकी घोषणापत्र’ जारी गरेको छ । 

उक्त पाँच बुँदे घोषणामा पवित्र कालीगण्डकी नदीलाई संसारभरका हिन्दू सनातनीको सांस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न अभियान सञ्चालन गर्ने, कालीगण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाह सुरक्षित गर्ने, गण्डकीको तल्लो तटीय क्षेत्रसम्म शालग्रामको निर्बाध उपलब्धतामा बाधा–व्यवधान गर्ने मानवीय अतिक्रमण र दोहनको विरोध गर्ने, गण्डकीका गर्भक्षेत्रमा हुने मानवीय प्रदूषण (फोहोर, मैला, मल–मूत्र विसर्जन) को निराकरणका निम्ति जनचेतनाका कार्य गर्ने तथा कृष्णागण्डकीको दुर्लभ महत्व र सौन्दर्यको प्रचार–प्रसार गरी धार्मिक पर्यटनको प्रवद्र्धनका निम्ति सन्तहरूको अगुवाइमा कृष्णागण्डकी पदयात्रा आयोजना गर्ने उल्लेख छ ।

वैदिक चेतनाका मूल स्रोत हिमवत्खण्डका पावन हिमशृङ्खलाबाट निःसृत, संसारका सनातनी हिन्दू समुदायको आस्थाको केन्द्र, पवित्र कृष्णागण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाहलाई संरक्षण गर्दै गौरवशाली गण्डकी सभ्यताको प्रवर्द्धन गर्ने उद्देश्यले आश्रममा विमर्श सभा गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणीन्द्र पौडेलले जानकारी दिए। 

कार्यक्रममा कालीगण्डकी नदीका बारेमा विद्यावारिधि गर्ने संरक्षणकर्ता डा कुलराज चालिसेले कालीगण्डकी डाइभर्सनले पार्ने प्रभाव र असर, संरक्षणकर्मी रचना भट्टराईले कालीगण्डकी र शालिग्रामको महत्व, संरक्षणकर्मी अदिप्त गिरीले कालीगण्डकीमा मानवीय अतिक्रमण र त्यसले पारेको प्रभावको विषयमा, पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा रामचन्द्र बरालले कालीगण्डकीका तटवर्ती क्षेत्रमा हुने आध्यात्मिक चिन्तनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

रामानन्द अनुसन्धान केन्द्र पूर्वीय संस्कृति, धर्म, दर्शन, सभ्यता र ज्ञानविज्ञानको अध्ययन अनुसन्धानका निमित्त खोलिएको तथा विगतका दिनमा पूर्वीय वाङ्मय र सभ्यतासँग सम्बन्धित विचार–विमर्श गर्दै आएको छ ।

विमर्श सभामा कालीगण्डकी नदीको प्रचार–प्रसार, संरक्षण र संवर्द्धनमा लागिपरेका अभियानकर्मी, सरोकारवाला, स्थानीय निकाय, मठमन्दिर आश्रम तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  २ : ३४ बजे

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा