बैङ्किङ कसुरमा प्रहरीदेखि अदालतसम्म १६ हजारभन्दा बढी मुद्दा | Khabarhub Khabarhub

बैङ्किङ कसुरमा प्रहरीदेखि अदालतसम्म १६ हजारभन्दा बढी मुद्दा

एक वर्षमा ५०० मुद्दाको सफाइ, १० हजार बढी प्रक्रियामै


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीदेखि सरकारी वकिल कार्यालय र अदालतसम्म बैङ्किङ कसुरका हजारौं मुद्दा रहेको पाइएको छ ।

महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदनअनुसार प्रहरीदेखि अदालतसम्म १६ हजारभन्दा बढी बैङ्किङ कसुरका मुद्दा दर्ता, अनुसन्धान र मुद्दा प्रक्रियामा रहेको देखिएको हो ।

प्रतिवेदनअनुसार; गत वर्ष देशभरका प्रहरी कार्यालयहरूमा १३ हजार २६३ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएका थिए । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोमा ६, काठमाडौं उपत्यकाभित्र सात हजार ६५६, कोशी प्रदेशमा एक हजार चारवटा, मधेश प्रदेशमा एक हजार १६, बागमती प्रदेशमा ७३८, गण्डकी प्रदेशमा एक हजार ८२, लुम्बिनी प्रदेशमा एक हजार १७८, कर्णाली प्रदेशमा २८६ र सुदूरपश्चिम प्रदेशमा २९७ बैङ्किङ कसुरका निवेदन दर्ता भएका थिए ।

महान्यायाधिवक्ता कार्यालयमा गत आर्थिक वर्ष ०८०/८१ मा रहेकामध्ये १०३ वटा मुद्दामा कसुर ठहर भएको थियो भने ६८ वटा मुद्दामा प्रतिवादीहरूले सफाइ पाएका थिए । साथै, चालु आर्थिक वर्षमा ५०० मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा कायमै रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार गत वर्षमा देशैभरका उच्च सरकारी वकिल कार्यालयहरूमा अघिल्लो आर्थिक वर्ष ०७९/८० र गत आर्थिक वर्ष ०८०/८१ मा गरी ७०३ वटा मुद्दाको लगत रहेकोमा १९२ वटा बैङ्किङ कसुरका मुद्दामा कसुर कायम भएको थियो । त्यस्तै; १४० वटा मुद्दाका आरोपितहरूले सफाइ पाएको प्रतिवेदनमा उल्लेख छ ।

साथै, ती कार्यालयहरूबाट गत आर्थिक वर्षमा २२ वटा बैङ्किङ कसुरका मुद्दामा सहन्यायाधिवक्ताले मिलापत्र गराउन आदेश दिएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा विशेष सरकारी वकिल कार्यालयले १९ वटा बैैंकिङ कसुरका मुद्दा दायर गरेको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा देशैभरका जिल्ला सरकारी वकिल कार्यालयहरूमा परेको निवेदनका आधारमा ती कार्यालयले ११ हजार ६७ वटा मुद्दामा अभियोजन गरेको प्रतिवेदनमा उल्लेख छ ।

जसमध्ये तीन हजार १३६ वटा मुद्दा नचलाउने निर्णय भएको थियो । सो अवधिमा जिल्ला सरकारी वकिल कार्यालयहरूमा १५ हजार ४५ वटा बैङ्किङ कसुरका मुद्दामा रहेकोमा ती कार्यालयहरूले तीन हजार २४९ वटा मुद्दालाई कसुर कायम गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये २९० वटा मुद्दाका ३०१ जना प्रतिवादीहरूले सफाइ पाएका थिए ।

प्रतिवेदनअनुसार; गत आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयहरूबाट एक हजार ११४ जना प्रतिवादी जोडिएको एक हजार १०६ वटा बैङ्किङ कसुरका मुद्दा फिर्ता भएको थियो । गत आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा दर्ता भएकामध्ये १० हजार ५४७ जना प्रतिवादी भएको १० हजार ४०० बैङ्किङ कसुरका मुद्दा अगाडि बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा रहेका जम्मा मुद्दामध्ये बैङ्किङ कसुरका पाँचवटा मुद्दामा संगठित अपराधसमेत दाबी भएको र ती मुद्दाहरू सो आर्थिक वर्षको अन्तिमसम्म यथास्थितिमा नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदनः

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ३ : १७ बजे

लमजुङमा भूकम्पको धक्का

लमजुङ– लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान

देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु

केपी ओली कप फुटबल : आज दुई खेल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन्