हमासद्वारा पहिलो पटक चारजना बन्धकको शव इजरायललाई हस्तान्तरण « Khabarhub

हमासद्वारा पहिलो पटक चारजना बन्धकको शव इजरायललाई हस्तान्तरण


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

गाजाक्षेत्र- गाजाक्षेत्रको विद्रोही समूह हमासले चारजना बन्धकको शव इजरालयललाई हस्तान्तरण गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले गाजा क्षेत्रमा बन्धक बनाएपछि ज्यान गुमाएका चारजनाको हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति निकालेर इजरायल रक्षा बल (आईडीएफ) अब ती शवको पहिचानका लागि जाफास्थित अबु कबीर फोरेन्सिक इन्स्टिच्युटमा लाने छ ।

इजरायली सेनाले मृतकबारेमा शवको पहिचानबाट मृत्युको पुष्टि भएपछि मात्रै परिवारलाई जानकारी गराउने तयारी गरेको छ ।

यसअघि हमासले एक विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणमा मारिएका चारजना बन्धकको शव फिर्ता गर्ने घोषणा गरेको थियो ।

अघिल्लो महिना युद्धविराम शुरू भएपछि पहिलो पटक हमासले मृतक बन्धकको शव फिर्ता गरेको हो । हमासले अब ६ जना जीवित बन्धकलाई शनिबार रिहा गर्ने भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ४ : ४९ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा