काठमाडौं- इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ।
नेपालका लागि कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाको प्रहार गोलमा परिणत भएको हो ।
खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको हो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतारेका थिए ।
नेपाली प्रशिक्षकले लेबनानविरुद्धको खेलमा निशा थोकर र रश्मीकुमारी घिसिङलाई विश्राम दिए। कीर्गितस्तानविरुद्धको खेलमा निशा घाइते भएकी छन्।
रश्मीलाई आराम दिएपछि चर्चित स्ट्राइकर सावित्रा भण्डारी सुरुवातमै आएर गोल पनि गरिन् । पहिलो खेलमा सावित्रा दोस्रो हाफमा मैदान छिरेकी थिइन् ।
बिहीबार म्यान्मारसँग फराकिलो हार भोगेको कीर्गिस्तानलाई नेपालले पहिलो खेलमा १–० को झिनो अन्तरले हराएको थियो ।
लिग चरणमा शीर्ष दुई स्थानका टोलीले फाइनल खेल्नेछन्। अंक तालिकामा म्यानमार शीर्ष स्थानमा छ । गोल संख्यामा पछि परेर नेपाल दोस्रोमा छ।
लेबनानलाई हराए नेपाल सिधै फाइनलमा जानेछ । हारेमा प्रतियोगिताकै बलियो म्यानमारविरुद्ध जित निकाल्नुपर्छ ।
प्रतियोगितमा म्यानमारले बिहीबार नै कीर्गिस्तानलाई ५-० ले हराउँदै लगातार दोस्रो जित निकालेको छ । चार देश सम्मिलित प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
















प्रतिक्रिया