सरकारका निर्णय- उच्चस्तरीय कार्यदल गठन, ०८२ सालका सार्वजनिक बिदा निर्धारण « Khabarhub

सरकारका निर्णय- उच्चस्तरीय कार्यदल गठन, ०८२ सालका सार्वजनिक बिदा निर्धारण


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका विभिन्न निर्णय सार्वजनिक भएका छन् । गत फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।

फागुन ६ को मन्त्रिपरिषद्ले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापित अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझाव कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन ग गरेको छ ।

बैठकले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाल (गोरखा) लाई नियुक्त गरेको । बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ नियमित सत्रअन्तर्गत २०८१ फागुन १२ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने हाई लेभल सेगमेन्टमा सहभागी हुन परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय :

१) सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने।

२) नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाल (गोरखा) लाई नियुक्त गर्ने ।

३) नेपाल प्रहरीको अतिक्ति प्रहरी महानिरीक्षक रवीन्द्र केसीको राजीनामा स्वीकृत गर्ने ।

४) संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ नियमित सत्रअन्तर्गत २०८१ फागुन १२ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने हाई लेभल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गर्ने ।

५) नेपाल सरकारको नाममा दर्ता रहेको सरकारी जग्गा प्रसुती गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका रुपन्देहीलाई प्रयोग गर्न स्वीकृति दिने ।

६) नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमकोटका लागि प्रयोग गर्न स्वीकृति दिने ।

७) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा नेपाल सरकारको नाममा दर्ता भएको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देश्यीय पोलिटेक्निकल इन्ष्टिच्युट व्यावसायिक प्रशिक्षण केन्द्रको भवन निर्माण प्रयोजनका लागि श्रम रोजगार तथा सामाजिक मन्त्रालयलाई प्रयोग गर्न दिने ।

८) पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको प्रश्तावमा नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोगको आदानप्रदान सम्बन्धी समझदारीमा भएको हस्ताक्षरलाई स्वीकृत दिने,

९) नेपाल र संयुक्त राज्य अमेरिकाबीच हुने पुरातात्विक र समुदायको सांस्कृतिक विषयमा सम्बन्धित सामग्रीहरूको ओसार प्रसार तथा आयात प्रतिवन्ध सम्झौता स्वीकृत गर्ने ।

१०) जर्मनीको बर्लिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोड्र्स आइटिभी बर्लिन २०२५ र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसमा फागुन २० देखि २४ गतेसम्म सहभागी हुन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिने ।

११) मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।

१२) औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने ।

१३) विक्रम सम्वत् २०८२ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशत गर्ने ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ७ : ४२ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा