१० मिनेट लामो दृश्य हटाएपछि ‘ताण्डवम्’को सेन्सर पास « Khabarhub

१० मिनेट लामो दृश्य हटाएपछि ‘ताण्डवम्’को सेन्सर पास


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ताण्डवम्’को १० मिनेट समय अवधि बराबरको दृश्यमा हटाएपछि सेन्सर पास भएको छ । ‘अत्यधिक हिंसा’का दृश्य हटाएपछि सेन्सर बोर्डले बिहीबार प्रदर्शन अनुमति पत्र दिएको हो ।

फिल्मले ‘पीजी’ सर्टिफिकेट पाएको छ । अर्थात् १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा यो फिल्म हेर्न पाउनेछन् ।

बुधबार यो फिल्ममा अत्याधिक हिंसाका दृश्य भएका कारण सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको थिएन । त्यहीकारण यो फिल्मको प्रिमियरसमेत रोकिएको थियो ।

कथाको मर्म नमर्ने दृश्य हटाइएको निर्देशक जुनिम गहतराजको दाबी छ । उनी भन्छन्, ‘दृश्य हटाएपछि सेन्सर बोर्डका पदाधिकारीले पनि फिल्म मन परेको प्रतिक्रिया दिनुभएको छ । फिल्मको मर्म मरेको छैन ।’

पहिलो पटक सेन्सर गर्न लैजाँदा २ घण्टा ६ मिनेट लामो यस फिल्म दृश्य हटाइएपछि १ घण्टा ५६ मिनेटको रनटाइम झरेको छ ।

शुक्रबारबाट यो फिल्म प्रदर्शनमा आउँदै छ । फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : २१ बजे

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र