१० मिनेट लामो दृश्य हटाएपछि ‘ताण्डवम्’को सेन्सर पास « Khabarhub

१० मिनेट लामो दृश्य हटाएपछि ‘ताण्डवम्’को सेन्सर पास


८ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ताण्डवम्’को १० मिनेट समय अवधि बराबरको दृश्यमा हटाएपछि सेन्सर पास भएको छ । ‘अत्यधिक हिंसा’का दृश्य हटाएपछि सेन्सर बोर्डले बिहीबार प्रदर्शन अनुमति पत्र दिएको हो ।

फिल्मले ‘पीजी’ सर्टिफिकेट पाएको छ । अर्थात् १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा यो फिल्म हेर्न पाउनेछन् ।

बुधबार यो फिल्ममा अत्याधिक हिंसाका दृश्य भएका कारण सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको थिएन । त्यहीकारण यो फिल्मको प्रिमियरसमेत रोकिएको थियो ।

कथाको मर्म नमर्ने दृश्य हटाइएको निर्देशक जुनिम गहतराजको दाबी छ । उनी भन्छन्, ‘दृश्य हटाएपछि सेन्सर बोर्डका पदाधिकारीले पनि फिल्म मन परेको प्रतिक्रिया दिनुभएको छ । फिल्मको मर्म मरेको छैन ।’

पहिलो पटक सेन्सर गर्न लैजाँदा २ घण्टा ६ मिनेट लामो यस फिल्म दृश्य हटाइएपछि १ घण्टा ५६ मिनेटको रनटाइम झरेको छ ।

शुक्रबारबाट यो फिल्म प्रदर्शनमा आउँदै छ । फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ८ : २१ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम