आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ७ गते बिहीबार चैत कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मार्च २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन खराब छ। व्यापारको क्षेत्रमा घाटा हुनेछ। राज्यको निगरानीमा रहने जोखिम छ। राम्रो काम गरे पनि झुटा आरोप लाग्नेछ। परिवारबाट असहयोग हुने जोखिम छ।

वृष : आज दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीले सहयोग गर्नेछन्। आम्दानीका क्षेत्र विस्तार हुनेछन्। व्यापारमा दोब्बर नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। मन अशान्त बन्नेछ। घर व्यवहारमा तनाव बढ्नेछ। परिवारमा झन्झट आइपर्ने छ। व्यापारको कारोबार डुब्ने जोखिम छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कर्कट : दिन सामान्य छ। एकल भन्दा संयुक्त लगानीबाट नाफा हुनेछ। परिवारको साथ मिल्नेछ। घुमघामको अवसर मिल्नेछ। व्यापारमा सहकार्य आवश्यक देखिन्छ। साथीको साथ मिल्नेछ।

सिंह : आज तपाईंका लागि दिन खराब छ। मन अशान्त बन्नेछ। योजना बनाएको भए असफल बन्नेछ। सोचेका काम अधुरै रहनेछन्। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध भने सामान्य ढंगले अगाडि बढ्नेछ।

कन्या : आज तपाईंको दिन सामान्य छ। जुनसुकै क्षेत्रमा ठुलो मिहिनेत गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन अति नै राम्रो छ। फसेको सम्पत्ति प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। संकटमा सहयोग गर्ने आफन्त फेला पर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : सोचेको काम बन्नेछ। व्यापारमा नाफा कमाउने योग छ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। लगानीको अवसर प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ।

धनु : आजको लागि तपाईंको दिन खराब छ। लगानी गरेको भए व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। आफूभन्दा ठुला व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ।

मकर : तपाईंका लागि आजको दिन राम्रो छ। व्यापारमा नाफा हुने योग छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : दैनिकी सामान्य छ। परिवारमा खटपटी बढ्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुनेछ। स्वास्थ्य उपचारमा भए सामान्य सुधार देखिने छ। संकटमा साथीले साथ दिनेछन्। हरेक काम गर्दा सचेत बन्नुपर्नेछ।

मीन : आज तपाईंको आम्दानी भन्दा खर्च बढ्ने छ। हरेक काममा तनाव हुनेछ। संकटमा परिवारले असहयोग गर्नेछन्। संकटमा साथीले भने साथ दिनेछन्। दीर्घकालीन योजना नबनाउनु राम्रो हुन्छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : ०१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच