पिएम कप : अपराजित पुलिस र बागमती, लुम्बिनी र कर्णाली भिड्दै « Khabarhub

पिएम कप : अपराजित पुलिस र बागमती, लुम्बिनी र कर्णाली भिड्दै


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । बिहीबार ६ खेलसम्म अपराजित रहेको नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच भैरहवा मैदानमा प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा भने लुम्बिनी र कर्णाली प्रदेशले सिद्धार्थनगरमा प्रतिस्पर्धा गर्दैछन् । दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

नेपाल पुलिस क्लबले ६ खेलसम्म अपराजित यात्रा कायम राखेको छ । बिहीबारको खेल सातौं हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको पुलिसले पहिलो खेलमा लुम्बिनीलाई ८७ रन, दोस्रो खेलमा कोशी प्रदेशलाई १५४ रन, तेस्रो खेलमा एपिएफ क्लबलाई २ विकेट, चौथो खेलमा मधेशलाई १९३ रन, पाँचौ खेलमा सुदूरपश्चिम प्रदेशलाई ६१ र छैटौं खेलमा गण्डकीलाई सात विकेटले हराएको छ । पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । बागमती भने पाँच खेलमा तीन खेल गुमाएर चार अंकसहित सातौं स्थानमा छ ।

यता लुम्बिनी प्रेदश आठ अंकसहित तेस्रो स्थानमा छ । ६ खेल खेल्दा चार खेलमा जित निकालेको लुम्बिनीले दुई खेल गुमाएको छ । कर्णाली प्रदेश भने अंक तालिकामा संघर्ष गरिराखेको छ । पाँचमा तीन खेल गुमाएर दुई जित दर्ता गरेको कर्णाली चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ६ : ४५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण