ट्रम्प र जेलेन्स्कीको फोन वार्ता : भेटको तनाव बिर्सिएर गरे सकारात्मक छलफल « Khabarhub

ट्रम्प र जेलेन्स्कीको फोन वार्ता : भेटको तनाव बिर्सिएर गरे सकारात्मक छलफल


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोडोमिर जोलेन्स्कीसँग फोन वार्ता गरेका छन्।

ट्रम्प र जेलेन्स्कीको फोन वार्ता शान्त पूर्ण वातावरणमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन्। ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग फोन वार्ता भएको एक दिनपछि जेलेन्स्कीसँग वार्ता गरेका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनी र रुसी राष्ट्रपतिका एक अर्कामा विषयमा सहमति गराउन आफू सक्रिय रहेको बताएका छन्। जेलेन्स्कीले ट्रम्पसँगको वार्ता खुला र सकारात्मक भएको दाबी गरेका छन्

जेलेन्स्कीले सामाजिक एक्समा ट्रम्प र अमेरिकाको नेतृत्वमा स्थायी शान्ति स्थापना हुने कुरामा आफू एकदमै सकारात्मक भएको बताएका हुन्। सो वार्तामा रुसले नियन्त्रणमा लिएको झाम्पोझरियाको ऊर्जा केन्द्रमा अमेरिकी नियन्त्रणको बारेमा समेत सल्लाह भएको उनको भनाइ छ। उनले रुसी फ्रन्टलाइनमा रहेको सो विशाल केन्द्र सञ्चालन युक्रेनका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

रुसको पश्चिममा रहेको कस्कमा युक्रेनी सेना रहेसम्म पुटिनले पूर्ण युद्ध विराम स्वीकार नगर्ने कुरामा आफू प्रस्ट रहेकोसमेत जेलेन्स्कीले बताए।

जेलेन्स्कीसँगको ट्रम्पको वार्तापछि अमेरिकी विदेश मन्त्री मार्क रुबियाले युक्रेनको हवाई सेनामा सहयोग गर्न आफू सहमत भएको बताएका छन्। यसैगरी दुई देशमा डिफेन्स स्टाफ र युद्ध मैदानको विषयमा जानकारी लेनदेन गर्न गुप्तचर साझेदार गर्ने सहमति पनि भएको रुबियाले बताए।

उनले साउदी अरेबियामा यसका लागि प्राविधिक टोलीको छलफल हुने बताएका छन्। उनले ऊर्जा केन्द्रको संरक्षणका लागि अमेरिकाले सुरक्षा गर्न सबै भन्दा उपयुक्त भएको उल्लेख गरेका छन्।

यसअघि भएको भेटवार्तामा भने ट्रम्प र जेलेन्स्कीबीच तनाव भएको थियो। वार्ताकै क्रममा ट्रम्पले जेलेन्स्कीलाई बाहिर पठाएका थिए।

यो पनि

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : १३ बजे

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश