पावर प्लेमा सुधार गर्ने गुजरातको लक्ष्य : कस्तो छ कप्तान गिलको रणनीति ? « Khabarhub

पावर प्लेमा सुधार गर्ने गुजरातको लक्ष्य : कस्तो छ कप्तान गिलको रणनीति ?


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत सिजनको आइपिएलको पावर प्लेमा सबै भन्दा कम रन रेट भएको गुजरातले यस सिजनमा नीति बदल्ने भएको छ।

फ्रेन्चाइजका कप्तान शुभमन गिलले पावर प्लेलाई गुजरातले अत्यधिक उपयोग गर्ने बताए। उनको स्ट्राइक रेट १३१.०८ थियो। उनको साथी साइ सुदर्शनको स्ट्राइक रेट ११५.४९ थियो। सो रेट १५० रन भन्दा बढी प्रहार गर्ने मध्य सबैभन्दा कम हो।

बुधबार भएको प्रिसिजन पत्रकार सम्मेलनमा उनले भने, ‘पहिलो पावर प्लेमा सकेसम्म धेरै रन प्रहार गर्ने र विकेट नगुमाउने टोलीको लक्ष्य हुनेछ,’ सुदर्शनले भने।

गत सिजनमा हाई स्कोरिङ खेल धेरै भएका थिए। ८ पारी २५० रन भन्दा बढी प्रहार भएका थिए। गिलको नजरमा यस सिजन त्यस्तो नहुनसक्छ। उनले केही खेलमा २४० देखि २६० सम्मको रन प्रहार हुने सम्भावना भए पनि अहिलेको अवस्थामा १५० या १६० को योगफल प्रतिस्पर्धात्मक हुने बताए।

नेतृत्व क्षमताको दिनदिनै विकास गरेका गिल भर्खरै च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीको उपकप्तान हुन्। सन् २०२३ को सिजनमा नौ सय को हाराहारीमा रन प्रहार गरेका गिलले दोस्रो सिजनमा भने फर्म गुमाएका थिए। गत सिजनमा प्ले अफमा प्रवेश नपाए पनि पछिल्लो तीन वर्षमा गुजरातले सबै भन्दा धेरै २८ खेल जितेको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ३७ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि