पावर प्लेमा सुधार गर्ने गुजरातको लक्ष्य : कस्तो छ कप्तान गिलको रणनीति ? | Khabarhub Khabarhub

पावर प्लेमा सुधार गर्ने गुजरातको लक्ष्य : कस्तो छ कप्तान गिलको रणनीति ?


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत सिजनको आइपिएलको पावर प्लेमा सबै भन्दा कम रन रेट भएको गुजरातले यस सिजनमा नीति बदल्ने भएको छ।

फ्रेन्चाइजका कप्तान शुभमन गिलले पावर प्लेलाई गुजरातले अत्यधिक उपयोग गर्ने बताए। उनको स्ट्राइक रेट १३१.०८ थियो। उनको साथी साइ सुदर्शनको स्ट्राइक रेट ११५.४९ थियो। सो रेट १५० रन भन्दा बढी प्रहार गर्ने मध्य सबैभन्दा कम हो।

बुधबार भएको प्रिसिजन पत्रकार सम्मेलनमा उनले भने, ‘पहिलो पावर प्लेमा सकेसम्म धेरै रन प्रहार गर्ने र विकेट नगुमाउने टोलीको लक्ष्य हुनेछ,’ सुदर्शनले भने।

गत सिजनमा हाई स्कोरिङ खेल धेरै भएका थिए। ८ पारी २५० रन भन्दा बढी प्रहार भएका थिए। गिलको नजरमा यस सिजन त्यस्तो नहुनसक्छ। उनले केही खेलमा २४० देखि २६० सम्मको रन प्रहार हुने सम्भावना भए पनि अहिलेको अवस्थामा १५० या १६० को योगफल प्रतिस्पर्धात्मक हुने बताए।

नेतृत्व क्षमताको दिनदिनै विकास गरेका गिल भर्खरै च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीको उपकप्तान हुन्। सन् २०२३ को सिजनमा नौ सय को हाराहारीमा रन प्रहार गरेका गिलले दोस्रो सिजनमा भने फर्म गुमाएका थिए। गत सिजनमा प्ले अफमा प्रवेश नपाए पनि पछिल्लो तीन वर्षमा गुजरातले सबै भन्दा धेरै २८ खेल जितेको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ३७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले