लोडसेडिङबारे ऊर्जामन्त्री र कुलमानको दोहोरी संसद्‍सम्मै पुग्यो « Khabarhub

लोडसेडिङबारे ऊर्जामन्त्री र कुलमानको दोहोरी संसद्‍सम्मै पुग्यो


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङको अभिव्यक्तिले भ्रम फैल्याएको बताएका छन् । उनले यी दुईजनाको भनाइले जनतामा विरोधाभाष गराएको भन्दै संसदमा कुरा उठाएका हुन् ।

ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री खड्काले लोडसेडिङ सुरू भएको बताएलगत्तै प्राधिकरणका निर्देशक कुलमानले लोडसेडिङ नहुने जवाफ दिएपछि ठाकुरले यो विषय संसद्मा उठाएका हुन् ।

‘ऊर्जामन्त्रीले नेपालको लोडसेडिङमा भारतले हटाएको हो भनिरहनु भएको छ । मन्त्रीज्यूभन्नु हुन्छ, ‘लोडसेडिङ समयको सुरू भयो,’ गैरेले बिहीबार संसद्‍मा भने, ‘तर, कार्यकारी प्रमुख भन्नुहुन्छ, ‘लोडसेडिङ हुन्न, ढुक्क हुनुहोस्, यस खालका गलत र फरक सूचना बन्द गरियोस्, सही तथ्य सरकारले बाहिर ल्याओस् ।’

बुधबार ऊर्जामन्त्री खड्काले भारतबाट विद्युत् आयात घटेकाले अबदेखि साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए ।

बुधबार मात्रै राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको खुलाएका थिए ।

मुलुकभित्रको उत्पादन करिब एक हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको दाबी उनले गरेका थिए ।

मन्त्री खड्काले यसअघि लोडसेडिङको औपचारिक अन्त्य भए पनि उद्योगमा विदुयत् कटौती भइरहेको बताएका थिए । भारतबाट विद्युत् आयात गरेर धान्न सक्ने अवस्था अब नरहेको पनि खड्काले दाबी गरेका थिए ।

मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाटमध्ये विधुत् प्राधिकरणले ७ सय मेगावाट विद्युत् मात्रै उत्पादन गरेको बताएका थिए । बाँकी सबै विद्युत् निजी क्षेत्रले उत्पादन गरिरहेको पनि उनले जिकिर गरेका थिए ।

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको बताउँदै उनले ‘उज्यालो नेपालको नायक’ कुलमान घिसिङ नभएको तर्क गरेका थिए ।

त्यसपछि कुलमानले अहिले नेपालमा लोडसेडिङ नहुने जवाफ दिएका थिए । उनले तथ्यांक प्रस्तुत गर्दै ऊर्जामन्त्रीले संसद्मा भ्रम बाँडेको पनि बताएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ३२ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल