लोडसेडिङबारे ऊर्जामन्त्री र कुलमानको दोहोरी संसद्‍सम्मै पुग्यो | Khabarhub Khabarhub

लोडसेडिङबारे ऊर्जामन्त्री र कुलमानको दोहोरी संसद्‍सम्मै पुग्यो


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङको अभिव्यक्तिले भ्रम फैल्याएको बताएका छन् । उनले यी दुईजनाको भनाइले जनतामा विरोधाभाष गराएको भन्दै संसदमा कुरा उठाएका हुन् ।

ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री खड्काले लोडसेडिङ सुरू भएको बताएलगत्तै प्राधिकरणका निर्देशक कुलमानले लोडसेडिङ नहुने जवाफ दिएपछि ठाकुरले यो विषय संसद्मा उठाएका हुन् ।

‘ऊर्जामन्त्रीले नेपालको लोडसेडिङमा भारतले हटाएको हो भनिरहनु भएको छ । मन्त्रीज्यूभन्नु हुन्छ, ‘लोडसेडिङ समयको सुरू भयो,’ गैरेले बिहीबार संसद्‍मा भने, ‘तर, कार्यकारी प्रमुख भन्नुहुन्छ, ‘लोडसेडिङ हुन्न, ढुक्क हुनुहोस्, यस खालका गलत र फरक सूचना बन्द गरियोस्, सही तथ्य सरकारले बाहिर ल्याओस् ।’

बुधबार ऊर्जामन्त्री खड्काले भारतबाट विद्युत् आयात घटेकाले अबदेखि साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए ।

बुधबार मात्रै राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको खुलाएका थिए ।

मुलुकभित्रको उत्पादन करिब एक हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको दाबी उनले गरेका थिए ।

मन्त्री खड्काले यसअघि लोडसेडिङको औपचारिक अन्त्य भए पनि उद्योगमा विदुयत् कटौती भइरहेको बताएका थिए । भारतबाट विद्युत् आयात गरेर धान्न सक्ने अवस्था अब नरहेको पनि खड्काले दाबी गरेका थिए ।

मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाटमध्ये विधुत् प्राधिकरणले ७ सय मेगावाट विद्युत् मात्रै उत्पादन गरेको बताएका थिए । बाँकी सबै विद्युत् निजी क्षेत्रले उत्पादन गरिरहेको पनि उनले जिकिर गरेका थिए ।

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको बताउँदै उनले ‘उज्यालो नेपालको नायक’ कुलमान घिसिङ नभएको तर्क गरेका थिए ।

त्यसपछि कुलमानले अहिले नेपालमा लोडसेडिङ नहुने जवाफ दिएका थिए । उनले तथ्यांक प्रस्तुत गर्दै ऊर्जामन्त्रीले संसद्मा भ्रम बाँडेको पनि बताएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ३२ बजे

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय