सिरहामा दलितको घर भत्काइएको घटनाप्रति दलित मुक्ति मोर्चाको आपत्ति « Khabarhub

सिरहामा दलितको घर भत्काइएको घटनाप्रति दलित मुक्ति मोर्चाको आपत्ति


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दलित मुक्ति मोर्चाले सिरहाको औरही गाउँपालिकाका दीपक मरिक डोमको घर भत्काइएको घटनाप्रति आपत्ति जनाएको छ ।

मोर्चाले आज एक प्रेस विज्ञप्ति जारी गरी पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही- ५ स्थित सडक किनारमा रहेको छाप्रो महायज्ञका नाममा भत्काइएको भन्दै आपत्ति जनाएको हो ।

उक्त स्थलमा यही चैत १७ गतेदेखि श्री श्री १०८ विष्णु महायज्ञ आयोजनाको नाममा गाउँपालिकाका अध्यक्ष शिवजी यादवको पहलमा जेसीभी लगाएर घर भत्काइएको मोर्चाले उल्लेख गरेको छ ।

महायज्ञ आयोजना गर्ने स्थानमा अछूत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष यादवले घर भत्काउन लगाउँदा पनि सरकार मुकदर्शक बनेको मोर्चाको दाबी छ ।

नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको जनाएको छ ।

मोर्चाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै विस्थापित परिवारको स्थायी र व्यवस्थित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ५२ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं