संसद्‍मा प्रधानमन्त्रीलाई प्रश्न- लिपुलेक-लिम्पियाधुरा भ्रमणमा कहिले जानुहुन्छ ? « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीलाई प्रश्न- लिपुलेक-लिम्पियाधुरा भ्रमणमा कहिले जानुहुन्छ ?


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चुच्चे नक्सामा समेटिएको भूभाग नेपालको बनाउने सवालमा कार्यान्वयनतर्फ सरकारको ध्यान नदिएकोबारे प्रतिनिधिसभामा कुरा उठेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङ प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे सोधेका हुन् ।

‘नेपालको चुच्चे नक्सामा समेटिएको कालापानी, लिपुलेक, लिम्पियाधुरामा तपाईं कहिले जाने हो प्रधानमन्त्रीज्यू?’, सांसद तामाङले सोधे ।

त्यसैगरी उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार गरेको प्रतिवेदन नबुझेकोबारेमा पनि प्रश्न उठाएका छन् ।

त्यसक्रममा जवाफका क्रममा प्रधामनमन्त्री ओलीले अहिले भ्रमण कार्यक्रम नबनेको उल्लेख गरे ।

‘माननीयज्यूले त्यस क्षेत्रमा कहिले जानु हुन्छ भन्नु भएको छ । मेरो योजना बनेको छैन, बरु माननीयज्यूको बनेको भए राम्रो कुरा हो’, उनले भने, ‘हामी सबैलाई थाहा छ, सन् १९६२ सम्म हाल नेपालको नक्सा कायम भएको भूगोल पनि नेपालमै थियो । २०७७ सालमा संसद्‍ले सर्वसम्मतिले त्यो भूभागसहितको चुच्चे नक्सालाई संविधानको अंग बनाएको छ । अहिलेको नक्सामा भएको भूगोल नै यथार्थ हो ।’

उनले सन् १९६२ सम्म कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूभाग रहेको बताउँदै त्यसबेलाका शासकले भारतलाई सेना ल्याएर बस्न दिएको उल्लेख गरे ।

‘त्यो भूभाग नेपालकै अधीनमा थियो, नक्सा पनि त्यही थियो । सन् १९६२ पछि नेपालको नक्सा किन फेरियो ? कसले फेर्यो ? त्यसबेला नेपालमा कसको र कस्तो व्यवस्था थियो माननीयजीलाई याद होला’, उनले भने, ‘२०७७ असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत् संविधानको अनुसूची ३ मा रहेको निशान छाप अद्यावधिक गरिएको माननीयजीलाई थाहा छ ।’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : ३१ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट