ईपीजी प्रतिवेदनबारे प्रधानमन्त्रीको जवाफ- भारत तयार नभएसम्म नेपालले एक्लै बुझ्न मिल्दैन « Khabarhub

ईपीजी प्रतिवेदनबारे प्रधानमन्त्रीको जवाफ- भारत तयार नभएसम्म नेपालले एक्लै बुझ्न मिल्दैन


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार गरेको प्रतिवेदन भारतीय पक्षको अनिच्छाका कारण बुझ्न नसकिएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलीले आफू एक्लैले चाहेर प्रतिवेदन बुझ्न नसक्ने बताए ।

‘नेपालले ईपीजी प्रतिवेदन नबुझ्ने भनेको छैन । बौद्धिक समूहले पहिले भारतका प्रधानमन्त्रीलाई बुझाउने अनि नेपाललाई बुझाउने भनेर समझदारी गरेको हो’, उनले भने, ‘पहिले भारतका प्रधमानमन्त्रीलाई बुझाएपछि हामीले लिने भन्ने हो । एक्लैले बुझेर कार्यान्वयन हुने होइन त्यो प्रतिवेदन ।’

उननले आजको समयअनुसार भारतसँगको सम्बन्ध उचाइमा उठाउने र व्यवस्थित गर्ने भन्ने कुरा मुख्य भएको उनले बताए ।

‘दुई देशको मित्रतामा कहीँ कतै प्रतिकूल असर नपर्ने गरी, कसैलाई अन्याय नहुने गरी प्रतिवेदन कार्यान्वयनमा लानुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘सबै समस्याको दीगो समाधान गर्ने गरी प्रस्ताव गर्न सिफारिसका लागि ईपीजी निर्माण गरिएको थियो । त्यसले दुई वर्ष अध्ययन गरेर प्रतिवेदन बुझाएको हो ।’

उनले यो प्रतिवेदन बुझ्नेबारे राजनीतिक भेटघाटसहित उच्चस्तीय कूटनीतिक पहल जारी रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : ३९ बजे

आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण योजना बनाउन समितिको कार्यविधि ३० दिन थपिने

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्स पोखरा एभेन्जर्सले

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले

एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

टक्सार– यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते

पोखराले गुमायो पहिलो विकेट, कप्तान भुर्तेल आउट

काठमाडौं- पोखरा एभेन्जर्सको पहिलो विकेटका रुपमा ओपनर तथा कप्तान कुशल