प्रधानमन्त्रीले भने- तल्लो बाटोबाट अमेरिका पुगेर निष्कासित हुनु राम्रो होइन « Khabarhub

प्रधानमन्त्रीले भने- तल्लो बाटोबाट अमेरिका पुगेर निष्कासित हुनु राम्रो होइन


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशिने नाममा गलत बाटो रोज्‍नु राम्रो नहुने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा उनले नेकपा एमालेकी सांसद भगवती चौधरीको प्रश्नको जवाफ दिने क्रमा यस्तो बताएका हुन् ।

‘ठूलो संख्यमा बाहिर जाने भन्ने प्रश्न छ, खेत छ उत्पादन गर्न छाडेर बाहिर जानु, तल्लो बाटो भएर अमेरिका जानु र निष्कासित भएर आउनु उचित होइन’, उनले भने, ‘चेतनाको कमी छ, चेतना वृद्धि गर्न जरुरी छ । केही पनि भएन भन्ने भाष्य बनाउन खोजिएको छ, त्यसले कलिलो मस्तिष्कमा निराशा भाव फैलिएको छ ।’

ओलीले अहिले संसार ‘ग्लोबल भिलेज’ बनेको बताउँदै व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचिअनुसार विदेश जाने सिलसिला विश्वव्यापी रुपमा देखिएको बताए ।

‘देशबाट युवा बाहिरिएको कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु हुँदैन । व्यक्तिगत रुपमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ’, उनले भने, ‘हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज अनेक विकल्प छन् । संसारको जुनसुकै कुनामा जान सक्ने छनौटको लाभ हाम्रा युवाले पनि लिएका छन् ।’

उनले युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा सरकारले काम गरिरहेको पनि बताए । मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्ने काममा सरकार लागेको उनले बताए ।

ओलीले आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमार्फत् व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानूनी सुधारका साथै व्यवसायमैत्री कानुन बनाइएको पनि जिकिर गरे ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  २ : १७ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क