साताभरी नै घट्यो नेप्से, आज १७५ कम्पनीको मूल्य घट्यो « Khabarhub

साताभरी नै घट्यो नेप्से, आज १७५ कम्पनीको मूल्य घट्यो


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ओरालो लागेसँगै यो साता पूरै नेप्से घट्न पुग्यो । 

आज ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से १२.३८ अंकले घटेर २६६९.७६ अंकमा आएको छ । नेप्सेमा आएको गिरावटसँगै आज नेप्सेको पुँजीकरणमा पनि ०.४६ अंकले गिरावट आयो ।

आज नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये १७५ वटा कम्पनीको मूल्यमा गिरावट आयो भने ६२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो । त्यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । आज नेप्से परिसूचकमा गिरावट आएसँगै जीवन बीमा समूह बाहेक सबै समूहको सूचक घट्न पुगेको छ ।

आजको शेयर कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ३ : १८ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको