मुलुकमा बहुलपहिचान र बहुलशासन आवश्यक : राजेन्द्र महतो | Khabarhub Khabarhub

मुलुकमा बहुलपहिचान र बहुलशासन आवश्यक : राजेन्द्र महतो


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बहुलपहिचान र बहुलशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । 

एकलपहिचान र एकलशासन लादिएको टिप्पणी गर्दै उनले देशमा बहुलपहिचान र बहुलशासन कायम गराउन आवश्यक रहेको बताएका हुन् । 

काठमाडौंको नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रम सम्बोधनमा अध्यक्ष महतोले देशमा बहुलपहिचान कायम गरी बहुलराष्ट्रिय राज्यको स्थापना गर्न राष्ट्रिय मुक्ति पार्टी अगाडि बढेको बताए । 

उनले परिवर्तनको लडाईँमा युवाहरू सक्रिय भएर लाग्नुपर्नेमा पनि जोड लिए ।

 ‘अहिलेका प्रमुख राजनीतिक दलका शीर्ष नेताले ३५ वर्षदेखि देशलाई एकल नश्लीय चरित्रको आधारमा शासनसत्ता सञ्चालन गरेकाले अनेक समस्या उत्पन्न भयो,’ महतोले भने, ‘देश आर्थिक रुपमा धराशयी हुन पुग्यो । देशको अर्थतन्त्र उकास्न, अधिकार र पहिचानको स्थापना गर्न, स्वशासनको अभ्यास गराउन सारा नेपाली जनता एकजुट भएर लाग्नुपर्ने समय आयो ।’ 

कार्यक्रममा दुई सयभन्दा बढी नेता-कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति पार्टीमा समाहित भएका उक्त दलले दाबी गरेको छ । 

कार्यक्रममा नेताहरू बुद्ध छिरिङ मोक्तान, कौशलकुमार सिंह, सुमन सायमी, केशव झा, सन्तोष मेहता, कमला गुरुङ, जुनतारा मगर, अनिल महासेठ, रविन्द्रकुमार श्रेष्ठलगायतका वक्ताहरूले पार्टीको विचार र भावी कार्यक्रमबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : २४ बजे

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

एजेन्सी –थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स,

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट

सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहा– जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै