विराटनगरमा ढाका महोत्सव सुरु « Khabarhub

विराटनगरमा ढाका महोत्सव सुरु


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका महिलाहरूले उत्पादन गरेको ढाकाको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । 

महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरे । सो क्रममा उनले पोसाकमा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने बित्तिकै स्थानीय महिलाहरूले रोजगारी पाउने र ढाका लगायतका अन्य कपडाको विक्री बढ्ने बताए । 

उनले आर्थिक र कानुनी रूपमा नै नीति बनाउन सके स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे । मुख्यमन्त्री कार्कीले महिला उद्यमशीलता र स्थानीय उत्पादन प्रवर्द्धनका लागि आवश्यक कार्यक्रम ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षक, शिक्षिका र कर्मचारीहरूलाई वितरण गरिने पोसाकमा स्थानीय उत्पादन अनिवार्य गर्ने नीति ल्याउने योजना रहेको बताए । 

कोशी प्रदेशको ताप्लेजुङ, इलाम, पाँचथर, भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लामा वर्षेनी करिब १० करोड रुपैयाँ बराबरको ढाकाका सामग्रीहरू उत्पादन हुने बताइएको छ । 

ढाका मौलिक पहिचान भएको र महिलाहरूको आम्दानीको स्रोत समेत भएकाले यसको बजार प्रवर्द्धन गर्न एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन महोत्सव फलदायी हुने आयोजकले जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको तीन दिने ढाका महोत्सवमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ल्याइएका ढाकाका सामग्रीहरूको २८ वटा स्टलहरू राखिएको छ । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : ०३ बजे

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,