लोडसेडिङ हुनसक्ने मन्त्री खड्काको अभिव्यक्तिप्रति उद्योग परिसङ्घको आपत्ति « Khabarhub

लोडसेडिङ हुनसक्ने मन्त्री खड्काको अभिव्यक्तिप्रति उद्योग परिसङ्घको आपत्ति


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुनसक्ने भन्दै आएको समाचारले आफूहरूलाई गम्भीर बनाएको नेपाल उद्योग परिसंघ कोशी प्रदेशले जनाएको छ । 

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले विगत ६-७ वर्षदेखि नेपाल विद्युत प्राधिकरणको असान्दर्भिक नीतिका कारण धरासायी हुँदै आएको औद्योगिक क्षेत्र पुनः उर्जा मन्त्रालय र प्राधिकरणको कारणले थप धराशायी हुने स्थिति सिर्जना भएको भन्दै आपत्ति प्रकट गरेको हो ।

‘विगत ६-७ वर्षदेखि नेपाल विद्युत प्राधिकरणको असान्दर्भिक र अव्यवहारिक नीतिका कारण आर्थिक औद्योगिक क्षेत्र धराशायी भएको र यसलाई सुधार गर्न हामीले पटक-पटक अनुरोध गरिएको वावजुद कुनै सुधार नभएको र अहिले उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको टकराव र समन्वयको अभाव तथा असमझदारीले गर्दा विद्युत आपूर्तिमा अवरोध हुने अवस्था सृजना भै आज फेरि आर्थिक औद्योगिक क्षेत्र धराशायी हुने अवस्थामा पुगेको हाम्रो निष्कर्ष रहेको छ र यस प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र नेपाल सरकार उर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणको असान्दर्भिक व्यवहार र असमझदारी प्रति हाम्रो घोर आपत्ति पनि रहेको छ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, अहिले पनि औद्योगिक क्षेत्रमा ४ देखि ६ घण्टा लोडसेडिङ भइरहेको संघले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : २९ बजे

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला