‘कृषि क्षेत्र सुधार्न कृषि र किसानको सम्मान आवश्यक’ « Khabarhub

‘कृषि क्षेत्र सुधार्न कृषि र किसानको सम्मान आवश्यक’


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इलाम– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुने बताएका छन् । 

इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेको काम सराहनीय रहेको र यस खालका कार्यक्रमहरुलाई संघीय सरकारले पनि स्वामित्व लिनु पर्ने उल्लेख गरे। 

स्थानीय सरकारले कृषि उत्पादन विकासका लागि ल्याएका नयाँ अवधारणाहरूको सिको सबैले  गर्न जरुरी रहेको मन्त्री अधिकारीले उल्लेख गरे । कृषिमा  ज्ञान र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण हुने भएकाले यसका लागि गुरु किसानको अवधारणा उपयुक्त हुने विश्वास मन्त्री अधिकारीले गरे। 

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागिरहेको र आफूले कृषि र किसानको हित हुने कार्यक्रम समावेश गर्न पहल गरिरहेको मन्त्री अधिकारीले बताए । सीमित बजेटका बीच प्रतीकले बढी आउने गरि कार्य गर्नुपर्ने अहिलेको बाध्यताका बीच तिनै तहका सरकारको सहकार्य जरुरी छ मन्त्री अधिकारीले भने  । 

सो अवसरमा मन्त्री अधिकारी र  कोशी प्रदेशको कृषि सहकारी तथा भूमिव्यवस्था मन्त्री खगेन्द्रसिं लिम्बुले संयुक्तरुपमा गाउँपालीकाले निर्माण गरेको कृषि प्रशोधन केन्द्रको पनि उद्‌घाटन गरे। केन्द्रमा गुन्द्रुक बनाउन आवश्यक उपकरणहरू रहेका छन । गाउँपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गरि बजारमा लैजाने जनाएको छ । 

गाउँपालिकाले १ सय २१ किसानलाई गुरु किसान घोषणा गर्दै परिचय पत्र समेत प्रदान गरेको छ, उनिहरुले स्थानीय किसानहरूलाई खेती र प्रविधि सिकाउने गाउँपालिकालाई जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : ४६ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा