एसईई परीक्षा- रौतहटबाट मात्रै चिट चोर्न लगिएका ४२४ मोबाइल फोन बरामद « Khabarhub

एसईई परीक्षा- रौतहटबाट मात्रै चिट चोर्न लगिएका ४२४ मोबाइल फोन बरामद


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

रौतहट- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडाइ गर्दा पहिलो दिनमै रौतहटबाट ठूलो संख्यामा मोबाइल फोन बरामद भएको छ ।

रौतहटका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षार्थीले चिट चोर्न प्रयोग गरिएका ४२४ वटा मोबाइल फोन बरामद गरिएको हो ।

विगतका वर्षहरूमा मेसेन्जर, ह्वाट्सएप, भाइबरलगायत ग्रुपहरू प्रयोग गरी चिट चोर्ने प्रवृत्ति देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ ।

प्रविधिको दुरुपयोग रोक्न सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रहरूमा परिचालन गरिएको छ । यद्यपि, परीक्षार्थीहरूले मोबाइल लुकाएर परीक्षा हलमा लैजाने प्रयास गरेपछि विशेष चेकजाँच गरिएको थियो । त्यहीक्रममा त्यतिका परिमाणमा मोबाइल फोन बरामद भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

परीक्षा सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासनले विशेष निगरानी राखे पनि यमुनामाई गाउँपालिका-५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षा केन्द्रमा एक परिक्षा निरीक्षक नै परीक्षार्थीहरूले नै रकम लिएर मोबाइल प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।

यसैगरी, मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्‍याउने एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको नाम खुलाइएको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ०३ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर