एसईई परीक्षा- रौतहटबाट मात्रै चिट चोर्न लगिएका ४२४ मोबाइल फोन बरामद « Khabarhub

एसईई परीक्षा- रौतहटबाट मात्रै चिट चोर्न लगिएका ४२४ मोबाइल फोन बरामद


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

रौतहट- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडाइ गर्दा पहिलो दिनमै रौतहटबाट ठूलो संख्यामा मोबाइल फोन बरामद भएको छ ।

रौतहटका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षार्थीले चिट चोर्न प्रयोग गरिएका ४२४ वटा मोबाइल फोन बरामद गरिएको हो ।

विगतका वर्षहरूमा मेसेन्जर, ह्वाट्सएप, भाइबरलगायत ग्रुपहरू प्रयोग गरी चिट चोर्ने प्रवृत्ति देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ ।

प्रविधिको दुरुपयोग रोक्न सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रहरूमा परिचालन गरिएको छ । यद्यपि, परीक्षार्थीहरूले मोबाइल लुकाएर परीक्षा हलमा लैजाने प्रयास गरेपछि विशेष चेकजाँच गरिएको थियो । त्यहीक्रममा त्यतिका परिमाणमा मोबाइल फोन बरामद भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

परीक्षा सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासनले विशेष निगरानी राखे पनि यमुनामाई गाउँपालिका-५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षा केन्द्रमा एक परिक्षा निरीक्षक नै परीक्षार्थीहरूले नै रकम लिएर मोबाइल प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।

यसैगरी, मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्‍याउने एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको नाम खुलाइएको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ०३ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट