'समृद्धि र विकासका सन्दर्भमा अधिकारलाई सङ्कुचित बनाउनु हुँदैन' | Khabarhub Khabarhub

‘समृद्धि र विकासका सन्दर्भमा अधिकारलाई सङ्कुचित बनाउनु हुँदैन’


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समृद्धि र विकासका सन्दर्भमा अधिकारलाई सङ्कुचित बनाउन नहुने बताएका छन् ।

राष्ट्रिय योजना आयोगको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा आज धनगढीमा आयोजित ‘१६औँ योजनाको कार्यान्वयन, समपूरक तथा विशेष अनुदान र बहुक्षेत्रीय पोषण योजना’ विषयक प्रदेश र स्थानीय तह लक्षित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्धि र विकासका लागि अधिकारलाई खुला गरिनुपर्ने बताए।

उनले भने, ‘प्रक्रियागत रुपमा सङ्घले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँमा प्रयोग गरोस्, स्थानीयले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँमा अधिकार प्रयोग गरोस् तर हामीले अलिकति खुला हृदय बनाउनुपर्दछ ।’

सबैको सहभागिता हुने वातावरण निर्माण नगरी अगाडि बढ्न नसकिने उनले बताए। मुख्यमन्त्री शाहले स्थानीय सरकार र प्रदेश सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने गरी सङ्घ–प्रदेश, प्रदेश–स्थानीय र सङ्घ–स्थानीय बीचको सहकारिता, सहभागिता र सहअस्तित्वलाई आत्मसात गरी शासकीय प्रक्रियामा जानुपर्ने उल्लेख गरे ।              

अन्तरक्रियामा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरू, राज्यमन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, राष्ट्रिय योजना आयोगका सदस्य, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रदेशका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सञ्चारकर्मीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : २१ बजे

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग