आईपीएलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् यी बलिउड स्टार « Khabarhub

आईपीएलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् यी बलिउड स्टार


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी शनिबार अर्थात् मार्च २२ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरु हुँदैछ । नयाँ सिजनको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्लुरूबीच प्रतिस्पर्धा हुनेछ ।

कोलकातामा हुने उद्घाटन कार्यक्रम भव्य बनाउने आईपीएलको तयारी छ । कार्यक्रम कोलकाताको इडेन गार्डेन स्टेडियममा हुने बताइएको छ ।

बलिउड हस्ती जाने खबरले आईपीएल पर्खिरहेका क्रिकेट प्रेमी थप उत्सुक बनेका छन् । उनीहरूले उद्घाटन कार्यक्रममा क्रिकेटका हस्तीसँगै बलिउड स्टा।लाई समेत देख्न पाउने भएका छन् ।

हिन्दूस्तान टाइम्सका अनुसार उद्घाटन कार्यक्रममा नायकहरू शाहरुख खान, सलामान खान, सञ्जय दत्त र नायिका प्रियंका चोपडा सहभागी हुनेछन् ।

शाहरुख खान आफ्नो टिमको समर्थन गर्न इडेन गार्डेन जाने भएका छन् । सलमान आफ्नो आगामी फिल्म ‘सिकन्दर’को प्रचारका लागि स्टेडिममा पुग्ने बुझिएको छ ।

त्यस्तै नायक नायकहरू बिक्की कौशल, बरुण धवन, दिसा पटनीसमेत कार्यक्रममा उपस्थित हुनेछन् ।

गायिका श्रेया घोसाल, गायक अरिजित सिंह र करण औजलले सांगीतिक प्रस्तुति दिने तय भएको छ । नायक बरुण र नायिका दिसाले नृत्य प्रस्तुति दिने भएका छन् ।

त्यस्तै, कटरिना कैफ, अनन्या पाण्डेया, माधुरी दिक्षित, जान्भी कपुर, करिना कपुर, आयुस्मान खुरानालगायतका कलाकार पनि उद्घाटन कार्यक्रममा सहभागी हुने छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ८ : ०४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५