पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने  « Khabarhub

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने 


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी भएको छ । पोखरा थियटरले तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५ (निट फेस्ट)सँगको सहकार्यमा गर्न लागेको महोत्सवमा ५ देशका ६ नाटक मञ्चन गरिने भएको छ । 

महोत्सवमा चीन, ट्युनिसिया, नर्वे, जापानका नाटक देखाइने छन् । पोखरालाई सांस्कृतिक र पर्यटन गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक परिवर्तनले बताए । चैत ९ गते शनिबारबाट सुरु हुने महोत्सव चैत १२ गतेसम्म चल्नेछ ।  

महोत्सवमा उद्‌घाटन नाटकका रुपमा ‘मुनामदन’ मञ्चन हुनेछ । महोत्सवले नेपाली नाटक क्षेत्रलाई अघि बढाउन योगदान गर्ने निर्देशक परिवर्तनको दाबी छ । ‘चीनको मिनी ओपेरा, जापानको डान्स ड्रामा जस्ता फरक फरक खालका नाटक मञ्चन हुनेछन्,’ उनले भने, ‘नाटकबारे विश्वमा कस्तो अभ्यास भएको छ, हामी के गरिरहेका छौँ भन्ने यसले ज्ञान दिन्छ ।’

महोत्सवमा फोरम थियटर र कार्यशालासमेत हुनेछन् । संस्कृतिकर्मी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, नाट्यप्रेमीबिच विशेष सेसनसमेत हुने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन दिउँसो ‘मुनामदन’ मञ्चन हुनेछ भने साँझ इन्द्रेणी थियटरको प्रस्तुतिमा ‘इम्ब्रोनिक’ नाटक देखाइनेछ । 

चैत १० गते ‘द स्टेज इज कलिङ यु’ शीर्षकमा कलाकारहरू दिया मास्के र प्रकाश घिमिरेसँग संवाद हुनेछ । सोही दिन साँँझ ट्युनिसियाको नाटक पोखरेली थियटरमा मञ्चन हुनेछ । महोत्सवको तेस्रो दिन ११ गते चीनको मिनी ओपेर दर्शकले हेर्न पाउनेछन् । दिउँसो ४ घन्टा लामो ‘द चार्मिङ जिन्जु ओपेरा’ चल्नेछ । सोही दिन साँझ पोखरा सांस्कृतिक पर्यटनको केन्द्र कसरी हो भन्ने विषयमा पोखराका नगर प्रमुख धनराज आचार्य र संस्कृतिकर्मी तीर्थ श्रेष्ठसँग संवाद तय छ ।

महोत्सवको अन्तिम दिन चैत १२ गते जापानको नाटक ‘मास्टर सोको एन्ड मार्गरिटा’ पोखरा थियटरमा देखाइनेछ । साँझ नेपाली र नर्वेली कलाकारले अभिनय गरेको नाटक ‘द रोज’ मञ्च हुनेछ । महोत्सवभर पद्याप्रेम थियटरले मौलिक धुनमा साथ दिनेछ भने किताब, हेन्डीक्राफ्ट, फोटोग्राफीका प्रदर्शनी पनि महोत्सव परिसरमा हुनेछ । 

महोत्सव गर्न ३० लाख खर्च हुने अनुमान छ । महोत्सवमा निर्देशक परिवर्तनले महोत्सव सांस्कृतिक प्रबर्द्धन र नेपाली नाटकको विकासका लागि आयोजना गरिएको बताए । सरकारी निकायहरूमा नाटकका लागि छुट्टै बजेट नहुँदा अप्ठेरो परेको अनुभव उनको छ ।

‘नाटकका लागि छुट्टै बजेट छैन, सोलोडोलो हुँदा अप्ठेरो भएको छ,’ उनी भन्छन्, ‘काम गरेर भन्दा पहुँच, व्यक्ति हेरेर सहयोग हुने अवस्था देखिएको छ । हामी काममा विश्वास गर्छौं ।’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ८ : ०३ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्