केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न « Khabarhub

केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

खोटाङ – यहाँको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरमा तीन सय ९२ जनाले उपचार गराएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा यही चैत ४, ५ र ६ गते सम्पन्न शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि उपचार, चस्मा वितरण गरिएको छ ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय १० जनालाई निःशुल्क औषधि वितरण, ३४ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजुले जानकारी दिए ।

शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका मुख्य शल्यचिकित्सक दीवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र अधिकृत हरिहर श्रेष्ठसहित १५ जनाको टोलीले उपचार गरेको हो ।

नेत्रज्योति सङ्घले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही चैत ९, १० र ११ गते र हलेसी तुवाचुङ नगरपालिकामा १४, १५ र १६ गते शिविर आयोजना गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ९ : २७ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा