रसुवागढी नाकाबाट सुनसहित एक व्यक्ति पक्राउ « Khabarhub

रसुवागढी नाकाबाट सुनसहित एक व्यक्ति पक्राउ


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

रसुवा – अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा आज पक्राउ परेका छन् ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए ।

जुत्ताभित्र १०६ दशमलव नौ ग्राम सुनका टप, औंठीसमेतका गहना र टुक्रा सुनसमेत लुकाइछिपाइ ल्याइएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको संयुक्त गस्तीटोलीले जाँचका क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य रु १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ९ : ४७ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।