आतंकवादविरुद्धकाे सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत « Khabarhub

आतंकवादविरुद्धकाे सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आतंकवादका विरुद्धमा सहकार्यलाई वृद्धि गर्न भारत र न्युजिल्याण्ड सहमत भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनको भारत भ्रमणका क्रममा दुई मुलुक आतंकवादलाई निरुत्साहित गर्नका लागि सहकार्यलाई अभिवृद्धि गर्न सहमत भएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लक्सनसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबै मुलुकले आतंकवादी आक्रमणको सामना गर्दै आएको उल्लेख गरे । सन् २०१९ मा न्युजिल्याण्डको क्राइस्ट चर्च आक्रमण र २६/११ मुम्बई हमलाको प्रसंग उल्लेख गर्दै आतंकवाद दुबै मुलुकको साझा चुनौतीको विषय रहेको बताए ।

दुई नेताले द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट हिंसात्मक अतिवाद र आतंकवादविरुद्ध सहकार्य गर्न सहमति जनाएका हुन् । भेटवार्ताका क्रममा व्यापार, लगानी, रक्षाजस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि सहमत भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १० : २८ बजे

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली