आतंकवादविरुद्धकाे सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत « Khabarhub

आतंकवादविरुद्धकाे सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आतंकवादका विरुद्धमा सहकार्यलाई वृद्धि गर्न भारत र न्युजिल्याण्ड सहमत भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनको भारत भ्रमणका क्रममा दुई मुलुक आतंकवादलाई निरुत्साहित गर्नका लागि सहकार्यलाई अभिवृद्धि गर्न सहमत भएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लक्सनसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबै मुलुकले आतंकवादी आक्रमणको सामना गर्दै आएको उल्लेख गरे । सन् २०१९ मा न्युजिल्याण्डको क्राइस्ट चर्च आक्रमण र २६/११ मुम्बई हमलाको प्रसंग उल्लेख गर्दै आतंकवाद दुबै मुलुकको साझा चुनौतीको विषय रहेको बताए ।

दुई नेताले द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट हिंसात्मक अतिवाद र आतंकवादविरुद्ध सहकार्य गर्न सहमति जनाएका हुन् । भेटवार्ताका क्रममा व्यापार, लगानी, रक्षाजस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि सहमत भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १० : २८ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा